arrow

रामायण मेलामा सहभागी हुन जनकपुरधामबाट कलाकारहरु प्रस्थान

logo
राजा झा।
प्रकाशित २०७५ कार्तिक १० शनिबार
mithila-natya-parishad.jpg

जनकपुरधाम। भारतको दिल्लीमा हुन गईरहेको रामायण मेलामा सहभागी हुन जनकपुरधामबाट कलाकारहरु शनिवार भारततर्फ प्रस्थान गरेका छन्। भारतको दिल्लीमा हुन गईरहेको रामायण मेलामा नेपाल सहित थाईल्याण्ड, श्रीलंका र आजोजक भारत सहभागी हुने छ।

मिथिला क्षेत्रमा आफ्नो छाप छोडन सफल भएको मिथिला नाट्यकला परिषद् (मिनाप) पहिलो पटक भारतको दिल्लीमा मिथिलाको पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ जानकी लिला गर्नको लागि शनिवार प्रस्थान गरेको छ।

नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेको मिनाप जनकपुरधामको रहेकोले यो जनकपुरधामको लागि समेत गौरवको विषय रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताए।

जनकपुरधाम  उपमहानगरपालिकाले मिथिला संस्कृतिको लागि बजेट छुट्याएको र मिथिला संस्कृतिलाई बचाँउने उद्देश्य रहेको उपमेयर रिता कुमारी मिश्र बताइन। जनकपुरधाममा मात्र भईरहेको जानकी लिला विश्वको अन्य क्षेत्रमा नभएकोले यो विलिन अवस्थामा रहेको उनले बताइन्।

यता मिथिला नाट्यकला परिषदका अध्यक्ष प्रमेश झाले भारत सरकारले आयोजना गरेको रामायण मेलामा नेपालको प्रतिनिधित्व गरि आफुहरु गइरहेको बताए। जनकपुरधामबाट गएको टोली भारतको दिल्लीमा जानकी लिला गर्नेछ भने भारत, श्रीलंका र थाईल्यान्डको टोलीले रामलिला देखाउने छ।

जनकपुरधामबाट गएको टोलीमा सुनिल मल्लिक, प्रमेश झा, धिरज ठाकुर, सनी राउत, ललित कामत, श्याम सुन्दर शशी, संगिता देउ, नेहा प्रियदर्शनी, रामनारायण ठाकुर, रमेश मल्लिक, अनिल झा, विरेन्द्र झा, ललन झा, अनिता रानी मण्डल, मदन ठाकुर, गंगाकान्त झा, मुकेश झा, पुजा ठाकुर, सुरेन्द्र राय, मुकेश ठाकुर, राजा राउत, बब्लु राउत, सपना साह, अर्पिता चौधरी, सुनिता पास्वान माही खान, सोनिया मण्डल रहेका छन्।

शनिवार जनकपुरधामबाट प्रस्थान गरेको टोली भारतको अयोध्यामा समेत जानकी लिला गर्ने मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए।

नेपालबाट गएको टोली आफ्नो कार्यक्रम सम्पन्न गरी नोवेम्भर ४ तारिखका दिन नेपाल तथा भारतको प्रधानमन्त्रीले संयुक्त रुपमा संचालनगरेको जनकपुर–अयोध्या बसबाट फर्कने योजना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ