arrow

टेढिने नेताको यस्तो हुन्छ हालत

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
Surendra-Chaudhary.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेस पर्सा कांग्रेसका जिल्ला सभापति एंव सांसद सुरेन्द्र चौधरी महाधिवेशन प्रतिनिधि हुन पनि नसक्नेगरी अलोकप्रिय भए ।  पर्साको क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको चुनावमा पराजित भएपनि उनी कार्यकर्ताका विचमा कति अलोकप्रिय भएछन् भन्ने पुष्टी भएको हो । उनले पाएको मतले उनको सर्मनाक पराजय देखाएको हो। 
 
नेता चौधरीले कुल २ सय २६ मतदाता मध्ये जम्मा ३४ जनाको मात्रै मत पाए। जवकी २०७० सालमा भएको संविधान सभाको चुनावमा चौधरी सोही क्षेत्रबाट सभासद्  निर्वाचित भएका थिए। 
 
राम्रो शैक्षीक योग्यता भएका नेता चौधरीले काँग्रेसमा पढेका नेता नभएकाले पार्टी विग्रिएको भन्दै शिर्ष नेताहरुको चर्को आलोचना गर्दै आएका थिए। संविधान निर्माणका बेलामा पनि अस्वभाविक तरिकाले पार्टीको निर्णय विपरितको भुमिका खेलेका थिए । पार्टीको निर्णय विपरित भूमिका खेलेकाले उनको सर्मनाक पराजय भएको धेरैले विश्लेषण गरेका छन् । 
 
तर उनले भने आफ्नो समूहले चुनाव नै बहिष्कार गरेकोले पुनःनिर्वाचन गर्न केन्द्रीय निर्वाचन कमिटीमा आफूले उजुरी दिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ