arrow

अजिङ्गरलाई खल्तीमा राखेर निस्किँदा रङ्गेहात पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
theft.jpg1.jpeg

एजेन्सी । अमेरिकाको  फ्लोरिडा राज्य सेन्ट पीटर्सबर्गमा अचम्मको घटना भएको छ । सो सहरमा अवस्थित पेट स्टोर ( पालतु पशुको स्टोर)बाट अजिङ्गरको बच्चा चोरी गर्दै गर्दा  एक व्याक्ति रंगे हात पक्राउ परेका छन् ।
 
प्रहरीका अनुसार ट्रेविस ट्रेडर नाम गरेका सो व्याक्तिले एनिमल हाउस पेट सेन्टरमा अजिङ्गरको बच्चा पेन्टको बायाँ गोजिमा राखे । सो क्रियाकलाप स्टोरको सीसीटीभि क्यामेराले देखाए पछि पक्राउ परेको हो ।
 
स्टोरका मालिक स्टीभ सिल्कका अनुसार ट्रेविस  ९ महिनामा  दुई पटक सो स्टोरमा गएका थिए । यो घटना भन्दा पहिले पनि उक्त स्टोरबाट सर्प र छेपारो चोरी भएको बताइन्छ । चोरी गर्ने व्याक्तिको खोजी स्टोरले गरिरहेको र ट्रेविसको तस्वीर पहिले देखिनै शंखाको घेरामा  थियो ।
 
यस पटक ट्रेविस स्टोरमा आएर १५ मिनेट सम्म स्टोरमा यता उता हेर्दै थिए । जब उसले अजिङ्गरको बच्चा गोजिमा राखे  स्टोर मालिकले उनलाई पक्रन कोशिस गरे । ट्रेविसले स्टोर मालिकलाई धक्का दिएर भाग्ने तर स्टोरको  गेटमा रहेका एक ग्राहकले  ट्रेविसलाई समाते । ती ग्राहक पुर्व सुरक्षा कर्मी रहेका छन् । ट्रेविसलाई प्रहरीको जिम्मा लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ