arrow

यसरी बनाउनुहोस् बलियो सम्बन्ध, पाँच टिप्स

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
loving.jpg

काठमाडौं । अहिलेको समय भनेको धेरै मानिसको चिन्ताको विषय नै आफ्नो प्रेमी तथा प्रेमीकाले धोका दिएका कारण धेरै मानिसहरु चिन्ताको मूल फुटाएर सधैंभरी चिन्ताको सागरमा फसिरहेको पाईन्छ । तर, किन त ? कसरी यस्तो समस्याबाट प्रमीप्रेमीकाले मुक्ति पाउन सक्छन् त ? यो विषय धेरैले खोजी रहेको विषय हो ।
 
कुनैपनि प्रेमी तथा प्रेमीकाको सम्बन्धमा दरार उत्पन्न हुनु भनेको उसको उनीहरुबीच एकअर्कोलाई बुझ्न नसक्नु र उनीहरुमध्ये एकले अर्कोलाई मन नपर्ने व्यवहार गर्नु पनै मुख्य कारण हो । तर, प्रेमीकाले प्रेमीको मनको भाषा बुझ्ने कसरी त ? यो पनि धेरैलाई बुझ्न चासो लाग्ने बिषय हो ।
 
१. ख्याल गर्नुहोस्
कुनैपनि प्रेमी-प्रेमीकाले आफुलाई धोका दिन लागेको कुनै शंका पाउनुभएको छ भने उसलाई तपाईंको आवश्कता परेको समयमा त्यति सहजै उसको शर्त नमान्नुहोस् । उसलाई अन्य बाहाना बनाएर नम्र भाषामा त्यो काम गर्न तत्काल आफ्नो समय नभएको संकेत दिनुहोस् । त्यसो गर्दा उसले तपाईँको आवश्यकताको वारेमा बुझेर पनि तपाईप्रतिको आशक्तिभाव प्रकट गरिहाल्छ । तर धेरै भाउ खोजेर उसलाई झर्को लाग्ने भने नबनाउनुहोस् ।
 
२. कम सोच्नुहोस्
ज्यादा सम्बन्धको विषयमा तपाईँले सोच्नुभयो भने पनि तपाई आफैं त्यसको शिकार बन्न सक्नुहुनेछ । त्यसैले तपाईँ आफू सच्चा प्रेम गर्छुभनेर धेरै सम्बन्धको विषयमा मात्रै सोचिरहनुभएको छ भने पनि तपाईको सम्बन्ध लामो समयसम्म चल्न सक्दैन ।
 
३. समर्पित हुनुहोस्
तपाईँ यदी कसैलाई प्रेम गर्नुहुन्छ भने उ तपाईप्रति कत्तिको प्रेमभावले हेर्छ भन्ने विषयमा तपाई बढी चनाखो बन्नुहोस् । सच्चा प्यार छ भने तपाईप्रति पनि उसको आशक्ति त्यत्तिकै हुनु आवश्यक रहेको छ । यदी उसले कम वास्ता गरिरहेको बेलामा पनि तपाईले धेरै वास्ता गर्ने गर्नुभयो भने तपाईँको प्रेम छिट्टै छुट्न सक्छ । त्यसैले तपाईँ यस विषयमा ध्यान दिनुहोला ।
 
४. चनाखो बन्नुस्
यदी कसैले सच्चा प्यार गर्छ भने उसले तपाईँको बारेमा सपना देखिरहेको हुनसक्छ । सपना देख्न तपाईले पनि सक्नुहुन्छ । उसँगै जीवन काट्ने कुराको । तर, तपाईले सपना देख्नुपूर्व आफ्नो व्वाईफ्रेण्डले आफुलाई कस्तो व्यवहार गरिरहको ५ बुझ्नुहोस् । धेरै पुरुषहरु तपाईसँग टाईमपासको लागि पनि संगत गरिरहेका हुनसक्छन् । यदि त्यस्तो हो भने तपाई आफैं पहिले सचेत हुनुपर्छ । होईन भने तपाईँलाई धोका दिन सक्छन् ।
 
५. सचेत हुनुहोस्
यदी तपाईको ब्वाईफ्रेण्ड-गर‍्लफ्रेण्ड तपाईसँग विवाहको कुरा आउनेवित्तिकै अनेक बाहाना बनाउन थाल्दछ भने सचेत हुनुस् तपाईँले धोका पाउन सक्नुहुन्छ । यदी उसले विवाहको कुरा आउने वित्तिकै तपाईसँग विभिन्न आलटालको कुरा गर्छ भने सचेत हुनुस् उ तपाईसँग टाईमपासको लागि मात्रै आफ्नो व्यवहार गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ