arrow

जब कोट फ्याँकेर न्यायधीश नै आरोपीको पछाडि दौडिए

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
court.jpg

काठमाडौं । अमेरिकाका एक न्यायाधीशको अपराधीको पछाडि भागेको तस्विर भाइरल भएको छ । अमेरिकाको वाइनाकको लुइस काउन्टि उच्च अदालतका न्यायधीश आफ्नो कामको कारण चर्चामा रहेका छन् ।

सो अदालतका आरडब्ल्यू बजार्ड नाम गरेका न्यायधीश आरोपीले भाग्ने प्रयास गरेपछि उसकै पछाडि दौडिएका थिए । उनको सो कामको प्रशंसा गर्दै तस्बिर भाइरल भएको हो ।

स्थानीय संचारमाध्यमका अनुसार केही दिनअघि दुई आरोपीहरु र न्यायाधीश अदालतमा सुनुवाइको क्रममा थिए । यसैबीच आरोपीहरुको नजिक सुरक्षाकर्मीहरु पनि थिएनन् । यस्तोमा दुई आरोपीहरुले बाहिर निस्किने नाटक गर्दै भाग्ने प्रयास गरेका थिए ।

यो देखेका न्यायधीशले आफ्नो स्थानबाट उठेर कोट फ्याँकेर उनीहरुको पछाडि दौडिएका थिए । उनले एक आरोपीलाई समाउन पनि सफल भए । अर्का एकजनालाई सुरक्षाकर्मीहरुले समातेका थिए ।

उनीहरुमाथि अदालतबाट भाग्न खोजेको भन्दै अर्को मुद्दा पनि दायर गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ