- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बैंकको ऋण तिर्न नसकेर एक चिनियाँ महिलाले यस्तो गरिन् कि सो देखेर प्रहरी अचम्ममा परेको छ । वुहान शहर बस्ने हू नाजुआन माथि २५ मिलियन युआनको ऋण रहेको थियो । त्यसबाट जोगिन ५९ बर्षिय हूले आफ्नो प्लास्टिक सर्जरी गराइन् ।
चीनको समाचार एजेन्सी सिन्हुआकाका अनुसार , एक स्थानीय अदालतले हूलाई ऋण तिर्न आदेश दिएको थियो । सो आदेशपछि उनि वुहान शहर छोडेर शेजेन शहर पुगिन् । उनलाई सोहि स्थानबाट प्रहरीले पक्राउ गरेको हो । हूलाई प्रक्राउ गर्ने एक प्रहरीले अचम्म मान्दै भने - 'हामि सबै छक्क पर्यौ । ५९ वर्षीया उनी ३० वर्षीया जस्तो देखिन्थिन् । हामिसँग उनको जुन तस्विर थियो उनि त्यो भन्दा भिन्न देखिन्थिइन् ।'
गिरफ्तारपछि हूले अन्य मानिसको परिचय पत्र प्रयोग गरेर यात्रा गर्ने गरेको स्वीकार गरेकि छन् । हूले बैंकको कार्डबाट पैसा झिकेर प्लास्टिक सर्जरी गराएकी थिइन् । पछिल्लो समय चीनमा बैकको कर्जा नतर्नेहरुको संख्या बढ्दो छ ।