- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । के तपाईले चुम्बनले मानिसको ज्यान गएको सुन्नु भएको छ ? क्यानडामा चुम्बन गर्दा प्रेमिकाले ज्याननै गुमाउनु परेको थियो ।
२० बर्षीय मिरियमलाई पीनट्स (बदाम) देखि एलर्जी थियो। चुम्बन गर्नु पहिले मिरियमको प्रेमिले पीनट बटर भएको स्यान्डविच खाएका थिए । सो कारण मिरियमको मृत्यु भएको जनाइएको छ । मिरियमलाई उनका प्रेमि डुक्रेले एक पार्टी चुम्बन गरेका थिए । चुम्बनको केहि मिनेटमै मिरियमको स्वस्थ्यमा खराबि देखिएको थियो ।
मिरियमले प्रेमिलाई पीनट्सको बारे पनि सोधेकि थिइन् । उक्त समय मिरियमसँग ईपिपेन पनि थिएन जसको प्रयोग एनेफाईलेक्सिसको इमरजेन्सी ट्रीटमेन्टमा गरिन्छ । प्रेमिले मरियमलाई तुरुन्तै अस्पताल पुर्याए । डाक्टरले मिरियमलाई बचाउन थुप्रै कोशिस गरेता पनि सेरेब्रल एनोक्सियाको कारण उनको मृत्यु भयो । मिरियमको मस्तिष्कमा अक्सीजन प्रवाह हुन बन्द भएको थियो ।