arrow

गगनलाई महामन्त्री बन्न शशांकको प्रस्ताव !

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
Gagan-and-Sashanka.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा विभिन्न किसिमका चुनावी समिकरणका गृहकार्यहरु भईरहेका छन्। नेपाली काँग्रेसलाई बुढाहरुको पार्टी भन्ने आरोप लागिरहेका बेला युवाहरुको आर्कषणको केन्द्रमा रहेका केन्द्रीय सदस्य तथा विपी पुत्र शसांक कोईराला र उनका निकटहरुले नयाँ गठवन्धन बनाउने बारेमा गृहकार्य गरिरहेको बताइएको छ। 
 
काँग्रेसको संस्थापन पक्षमा सभापतिको उमेद्वार बनाउने बारेमा एकमत नभएपछि नयाँ विकल्प र सबैले मान्न सक्ने विकल्प हुन सक्ने भन्दै शशांकलाई सभापतिको प्रस्ताव गरेर नयाँ टीम बनाउँदा परिस्थिति के हुन्छ भन्ने बारेमा संस्थापन पक्ष भित्रको एक समुह गृहकार्यमा लागेको छ। सो समुहले महामन्त्रीका उमेद्वारका रुपमा अगाडी आएका गगन थापालाई संस्थापनका उमेद्वारका रुपमा सार्न सकिने प्रस्ताव गरेको छ। थापालाई समेट्दा यूवाहरुको साथ र समर्थन पनि शशांकलाई प्राप्त हुने विश्लेषण कोइराला निकटहरुको छ। कोइरालाले पनि थापासँग यस बारेमा छलफल गर्न खोजेका छन्। 
 
काँग्रेसको सभापतिका लागि आकांक्षी सवैले शशांकलाई महामन्त्री बनाउने चाहना राखेपनि शशांकले भने गगन तर्फ मन आँखा लगाएपछि यो समिकरणको चर्चा पनि काँग्रेसमा चुलिएको छ। थापा भने पछिल्ला दिनमा संस्थापनबाटै महमन्त्री बनेका कृष्ण सिटौलासँग नजिकिएको काँग्रेस वृत्तमा चर्चा छ। एकपछि अर्का काँग्रसका नेताहरुले सभापतिमा उमेद्वार बन्न आकाँक्षा राखिरहेका बेला कोइरालाको नयाँ गृहकार्य धेरैले नियालिरहेका छन्। आफु महामन्त्री नभई सभापतिकै उमेदवार हुने र महामन्त्रीमा गगनलाई उमेदवार बनाउने प्रस्तावलाई निकटहरुसँग राखेका कोइरालाले यसबारेमा परामर्श पनि गरिरहेका छन्। शशांकका तर्फबाट गगनकहाँ यस प्रस्ताव पठाइए पनि गगनले भने निर्णय दिइनसकेको कोइराला निकटहरुले बताएका छन। उनले यो प्रस्तावको बारेमा थापाले केहि निकटहरुसँग परामर्श गरेका छन्।
 
शशांकले सभापति आफू उठ्दा गगन थापाले महामन्त्रीमा उमेद्वार बन्न राजी भए त्यो टीम सबैभन्दा बलियो हुने विश्लेषण गरेका कोइराला निकटहरुको भनाइ छ। तर गगनले भने सभापतिका लागि संस्थापन पक्षका सबैभन्दा बलियो उमेदवार भनेर दावी गरिएका कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्ने चर्चा चलिरहँदा थापा भने  सिटौला, पौडेल र शशांक सहितको टिमको महमन्त्री बन्ने गृहकार्यमा लागेका छन्। सिटौला र पौडेल भन्दा वाहिरबाट उमेदवार बन्ने बारेमा उनले निर्णय नगरेको बताइएको छ। 
 
सभापतिका सवै आकांक्षी नमिल्ने अवस्थामा एक जना रोज्नै पर्ने भयो भने गगनले सिटौलालाई रोज्ने अवस्था सिर्जना हुने थापा निकटहरु बताउँछन। आफूलेे सोचेभन्दा बढी यूवाहरु महाधिवेशन प्रतिनिधीहरु आएपछि उनीहरुको दवावका कारण पनि थापा महामन्त्रीमा उठ्न दवावमा छन्।  यहि दवावका बीचमा गगनले कार्यवाहक रामचन्द्र पौडेल, महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य शशांक कोइराला लगायतसँग समन्वय गर्दै महामन्त्रीको उमेद्वार बन्ने सोचमा छन्। यसका लागि थापाले संस्थापन पक्षको एक मात्र उमेद्वार भए सहज हुने अवस्था आउने भन्दै सबै नेताहरुरलाई यूवाहरुको आकाँक्षा र दवावको बारेमा पनि बताउँदै आएका छन। उनले अग्रज र आफ्ना पुस्तालाई समेट्दै टीम बनाएर गए क्षमता, गतिशिलता र लोकप्रियताको सही व्यवस्थापन भई संस्थापन पक्षको टिम शसक्त बन्ने धेरैको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ