arrow

हराएको तारा एयरको विमानका यात्रुको सूची (अपडेट)

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air19.jpg.jpeg.jpeg
काठमाडौ। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको समाचार आएको छ। बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान सम्पर्क बिहीन भएको पोखरा विमानस्थलले जनाएको छ। अहिले विमानको खोजी सुरु भएको छ। नागरिक उड्डयन कार्यालय पोखराका प्रवन्धक योगेन्द्र कुँवरले विमानको अवस्थाको बारेमा खोजी भइरहेको जनाए। 
 
स्थानिय ७ वजेर ५०मिनेटमा जोमसोमका लागि उडेको विमान २१ मिनेटमा पुग्नुपर्ने थियो। १५ मिनेटसम्म पोखरास्थित टावरको सम्पर्कमा भएपनि त्यसपछि भने विमान सम्पर्कमा नभएको कुँवरले बताए। जोमसोम जाँदा घोरेपानीसम्म पोखरा टावरले सम्पर्क गर्ने र त्यहाँबाट जोसमोम टावरले सम्पर्क गर्ने उल्लेख गर्दै कुँवरले पोखरा टावरसँग १५ मिनेटदेखिनै सम्पर्क टुटेको बताए।  विमानमा १८ जना वयस्क, २ जना वालक र ३ जना चालक दलका सदस्य सहित २३ जना रहेका थिए। जसमध्ये  २ जना विदेशीपनि रहेको कुँवरले बताए। 
 
विमान हराएको खबर लगत्तै २ वटा उद्धारको लागि खटिएका छन्। सेनाको एक हेलिकप्टर जोमसोमबाट र एक नीजि हेलिकप्टर पोखराबाट उद्धारमा खटिएको स्थानिय पत्रकार गंगाधर पराजुलीले बताए। सम्भावित स्थानमा नेपाली सेना र नेपाल प्रहरीलाई खटाइएको बताइएको छ।
पोखरा- हराइरहेको तारा एयरको विमानका यात्रुहरुको नाम खुलेको छ। पोखराबाट जोमसोमको लागि उडेको विमानमा एक कुवेती र एक चिनियाँ नागरिक सहित २० यात्रु सवार छन्। विमानमा दुई बच्चा छन्। उनीहरुको नाम भने खुल्न सकेको छैन। स्थानीयबासीले आगोको मुस्लो रुप्से छहरामा देखेको बताइएको छर तीनवटा हिलिकप्टर उक्त विमानलाई खोजिरहेका पोखरा प्रहरीले जानकारी दिएको छ। 
 
यात्रुहरुको नाम:
 
१) रेवती बराल
 
२) मुक्तिनाथ वास्तोला
 
३)विनिता भट्टचन
 
४)कृष्णलाल भट्टचन
 
५)दिलकुमारी गौचन
 
६)देविजंग गुरुङ
 
७ )फन्जोक गुरुङ
 
८)लक्ष्मी हिराचन
 
९)मोति बहादुर केसी
 
१०)पवित्रा केसी
 
११)लेप्राङ लामा
 
१२)बालकृष्ण न्युरे
 
१३)कान्छा परियार
 
१४)डोल्मा छिरिङ शेर्पा
 
१५)राजकुमार तामाङ
 
१६)कमला थकाली
 
१७)Maksiuying चिनियाँ नागरिक
 
१८)Ralrashed Ahamed कुबेत
 
चालक दल
 
क्याप्टेन :रोशन मानन्धर
 
को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
 
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ