arrow

‘पोखरा र जोमसोमको मौसम ठिक थियो’ नारच्याङ पहिरोले फैलिएको धुलोमा शंका

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air19.jpg.jpeg.jpeg
काठमाडौं । नयाँ उच्च प्रविधि जडित विमानमा कुनै अराबी थिएन । पोखरा र जोमसोमको मौसम सफा रहेको जानकारी आएको छ  । बीचको मौसमबारे भने कुनै जानकारी आएको छैन । तारा एयरका प्रवक्ता भीमराज राईले भने, ‘विमान हराएको जानकारी आए पनि दुर्घटना भएकोबारे पुष्टी भएको छैन । यात्रुको अवस्था अज्ञात छ । 
 
विमानमा १८ नेपाली १ चाइनीज्, १ जना कुवेती नागरिक दिए । चालक दलका ३ सदस्यसहित २३ जना विमानमा सवार थिए । तारा एयरको ९ एन–एएचएच ट्वीनअटर विमान सम्पर्क विहिन हुनु अघि पाइलट पोखरा टावरसंग गरेको अन्तिम कुराकानीमा ‘फेरि भेटौंला गुड डे’ भनेको रेकर्ड पोखरा एयर ट्राफिक कन्ट्रोलसंग छ ।
 
अन्नपूर्ण आधार क्षेत्रको पहिरोको धुलोले भिजिविलिटी नभएको अनुमान 
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी याम चोख्खालले मंगलबार अन्नपूर्ण आधार क्षेत्रमा गएको पहिरोले घोडेपानी लगायतका स्थानहरु धुलाम्य भएर अन्धकार फैलिएको बताए । चोख्खालले भने, ‘साँझ सम्म धुलो सदरमुका सम्म फैलिएको थियो, रुप्से लगायत घोडेपानी निकै हाइटमा छ ।’ धुलो बिहान सम्म पनि नहटेको अनुमान गरिएको छ ।
 
धुलोले गर्दा भिजिविलिटी नभएको हुन सक्कने अनुमान गरेका छौ, चोख्खालले थपे, ‘सीडिओ साव पनि खोज टोलीसंगै जानु भएको छ ।’ विमान खसेको भनेर स्थानीयले भने पनि पुष्टी भएको छैन । रुप्से छहरा आसपासमा खसेको भन्दै स्थानीयले दिएको सूचनाका आधारमा सुरक्षा निकायको टोली र स्थानीय खोजीमा जुटेको सहायक प्रजिअ चोख्खालले बताए । 
 
एकदमै रिमोट एरिया हो 
म्याग्दी सहायक प्रजिअ चोख्खालका अनुसार दुर्घटनाको शंका गरिएको क्षेत्र एक दमै रिमोट एरिया हो । ८–१० वर्ष अघि अन्नपूर्ण वेस क्याम्पको खोप्रालेकमा जोमसोमबाटै आएको प्लेन दुर्घटना भएको थियो ।       
 
सुख्खा पहिरो गयो
म्याग्दीको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ आधार शिविर क्षेत्रमा गएको सुख्खा पहिरोको कारण सम्पर्कविहीन भएका पाँचै जना सम्पर्कमा आएका छन् । भीषण सुख्खा पहिरोबाट फैलिएको धुलोको कारण जङ्गल गएका स्थानीय पाँचजना सम्पर्क्विहीन बनेका थिए । 
पहिरो खसेकै घलेम्दी खोलाको मुहानतिर निगालो काट्न गएका पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको र उनीहरु सकुशल रहेको घलेम्दीखोला जलविद्युत् आयोजनाका इन्जिनियर विष्णु थापाले बताए । निगालो काट्न गएका नारच्याङ–५ का टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी सम्पर्कमा आएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ