arrow

‘बाहुबली’ प्रभाषको लगनगाँठो, कसरी लत्याए ६ हजार प्रस्ताव 

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
prabhas.JPG.jpeg

काठमाडौं । विश्वमै सबैभन्दा चर्चित चलचित्र ‘बाहुबल’ सिरिजका नायक प्रभाषले लगनगाँठो कस्दैछन् । । बिहेका लागि आएका ६ हजार प्रस्ताव अस्वीकार गरेका दक्षिण भारतीय सुपरस्टार प्रभाषको विवाह अर्को वर्ष हुने चर्चा चलेको छ । 

प्रभाषको विवाहको प्रसंगले यतिबेला चलचित्र क्षेत्र तातेको छ । प्रभाषले ‘बाहुबली–२’ को रिलिजपछि विवाह गर्ने बताउँदै आएका थिए । 

अहिले उनी ‘साहो’ को सुटिङमा व्यस्त छन् । यसपटक पनि उनले साहोको रिलिजपछि बिहे गर्ने बताएपछि विवाहको चर्चा पुनः सुरु भएको हो ।

प्रभाषले सन् २०१९ मा विवाह गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले साहोका लागि मिहिनेत र धेरै समय दिनुपर्ने भएकाले बिहे तत्कालका लागि टरेको थियो । 

बिहे चाहीं को संग हुँदैछ भन्ने अहिलेसम्म खुलेको छैन । उनको अभिनेत्री अनुष्का सेट्टीसँगको सम्बन्ध गाढा भएको बताउँदै आइएको छ । रिलमा रुचाइएको यो जोडीले रियलमा असल साथी भएको बताउँदै आएर आफूहरुनै प्रेमी–प्रेमिका भएको संकेत समेत दिन भने छाडेका छैनन् । 

आखिर को होला उनकी जीवनसंगीनी ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ