arrow

‘घाँटी मेरो रेटेपनि माया गर्न छाड्दिन’ भन्दै आए जेन्टल (भिडियो)

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
gentel-ad.jpg

काठमाडौं । सांगितिक क्षेत्रका नयाँ प्रतिभा जेन्टल अधिकारीले ’घाँटी मेरो रेटे पनि...’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

पूर्वी नेपालबाट उदाउँदै गरेका गायक अधिकारीको पहिलो कोशेली समेत रहेको यस गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

पूर्वी नेपालका मनमोहक दृष्यहरू समेटिएको म्युजिक भिडियोलाई वीरेन्द्रकुमार साहले निर्देशन गरेका हुन् ।

भिडियोमा संचारकर्मी तथा मोडल प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अस्मी कार्की र गायक अधिकारी स्वयंले अभिनय गरेका छन् ।

गीतमा संगीत र स्वर गा अधिकारीको रहेको छ भने शब्द हरिगोपाल अधिकारीले लेखेका हुन् । अधिकारीले अन्य केही गीतहरू समेत रेकर्ड गराइसके पनि बजारमा आउन भने बाँकी नै छ ।

गीतको मर्मअनुसार भिडियो तयार भएको भन्दै अधिकारीले यसले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ