arrow

तारा एयरको विमान म्याग्दीको दाना गाविस–१ सोलीघोप्टीभीरमा दुर्घटना ग्रस्त अवस्थामा भेटियो

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
म्याग्दी । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान म्याग्दीको दाना गाविस–१ सोलीघोप्टी भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला सहकर्मी निर्मल खत्रीले जानकारी दिएका छन् । दुर्घटना स्थलमा उद्धार टोली जान लागेको खत्रीले बताए । विमानमा चालक दलका ३ सदस्यसहित २३ जना सवार थिए । विमान आगो लागेर जलेको र नजिकैको जङ्गलमा समेत आगो लागेको बताइएको छ । विमानमा सवार सबैको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ