arrow

क्यान्सरबाट बलिउड अभिनेता अर्जुन रामपालकी आमाको निधन

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
arjun-rampal-mother.jpg

एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपालकी आमा ग्वीन रामपालको निधन भएको छ । ६७ वर्षीया ग्वीन रामपाल लामो समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । ४ वर्षअघि ग्वीन रामपाललाई ट्रिपल नेगेटिभ स्तन क्यान्सर रहेको भेटिएको थियो ।

अर्जुन रामपालले आफ्नो आमाको मृत शरीरलाई काध लिए । सो समयमा उनी निरै भावनात्मक देखिन्थे। आमा गुमाउदाको पिडा अर्जुन रामपालको अनुहार स्पष्ट रूपमा देखिन्थ्यो । आमाको अन्तिम यात्रामा बलिउडका कुनै ठूला स्टार नदेखिएपनि उनकी पुर्व पत्नी मेहर जेसिया र दुई छोरी पनि उपस्थित थिए ।

सो समय उनको कथित प्रेमिका ग्याब्रिएला डेमेट्रिएडस पनि देखिएकी थिइन् । अजुर्नकी आमो मुम्बाईस्थित एक अस्पतालमा उपचार चलिरहेको थियो । आइतबार बिहान अस्पतालमा नै उनको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ