arrow

अब विराटनगरमा समाबेशी शिक्षा

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
mahs.jpg

विराटनगर । विराटनगर महानगरले समाबेशी शिक्षा दिने भएको छ । अपाङ्गता भएका र  सपाङ्ग दुवैखाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिन लागिएको हो । यसको शुरुवात पहिलो पटक आदर्श स्कुलवाट शुरु गरिने भएको छ । दुवै खाले विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षा दिइदा राम्रो परिणाम आउने निष्कर्ष सहित समावेशी शिक्षाको अवधारणा तय गरिएको छ ।

उचित शिक्षा ,दिक्षा र अबसर मिलेमा अपाङ्गता भएकाहरुपनि सपाङ्ग जस्तै सबल भएर काम गर्न सक्छन् भन्ने मान्यता अनुरुप  शिक्षा प्रदान गर्दे आएको भारत स्थित अमर ज्योती बिद्यालयको मोडललाई विराटनगरमा  प्रयोग गरिने भएको हो ।

अमर ज्योती विद्यालय भारतबाट आएका सामाजिक उद्यमी विवेक तुली र प्रिन्सिपल सिमा तुली संग  विराटनगर महानगरपालिकामा सोमवार भएको छलफलमा मेयर पराजुलीले समावेशी शिक्षाले आफ्नो मन खिचेको बताए । यसका लागि विराटनगर स्थित आदर्श स्कुलमा पहिलो पटक अपाङ्गता भएका र सबलङ्ग दुबै खाले विद्यार्थी एकै ठाउँमा राखेर शिक्षा दिइने बताए ।

 चाडै सवै व्यवस्था पुरा गरेर समाबेशी शिक्षा लागु गर्ने मेयर पराजुलीले बताए । यसका लागि अमर ज्योती विद्यालयले नलेज पाट्र्नरकारुपमा काम गर्ने प्रतिबद्धता जनाएको छ । भारतको दिल्लीमा रहेको अमर ज्योती विद्यालय समाबेशी शिक्षाको क्षेत्रमा उत्कृष्ट मानिन्छ ।

यस्तै विराटनगर महानगर उपमेयर इन्दिरा कार्कीले समाबेशी शिक्षा विराटनगरमा आबश्यक रहेको धारणा ब्यक्त गरिन । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल,नगर शिक्षा अधिकारी रुद्र दुलाल ,वार्ड नं ७ का वडाध्यक्ष मधुवावु तिवारी ,आदर्श स्कुलका प्राधनाध्यापक तुलसीप्रसाद दुलाल लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ