arrow

के जानकारी लिए युनिलिभरवाट प्रधानमन्त्री ओलीले

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७२ फागुन १२ बुधबार
Mumbai-Uniliver.JPG.jpeg
मुम्बई (भारत) । भारतको छ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिएका छन्  । उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे जानकरी गराएका छन्  । 
 
युनिलिभर नेपालका अध्यक्ष प्रदीप बनर्जी र नेपालका उद्यमी रविभक्त श्रेष्ठले सो कम्पनीलाई नेपालमा लगानी बढाउने सम्भावनाबारे जानकारी गराए । सो कम्पनी भारतकै ठूला कम्पनीमध्ये एक मानिन्छ । नेपाली प्रमण्डलले नेपालमा विशेष आर्थिक क्षेत्रको स्थापना, लचिलो श्रम कानुन र लगानीको सुरक्षाको वातावरण भएकाले नेपालमा लगानी बढाउन र कतिपय उत्पादन नेपालमा गरेर भारत निर्यातको व्यवस्थाका लागि सहकार्यको प्रस्ताव गरेको थियो । 
 
प्रधानमन्त्रीकासाथ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्त तथा अन्य नेपाली व्यवसायीलगायत युनिलिभर पुगेका हुन् । प्रधानमन्त्री ओली यहाँका व्यवसायी र कलाकारसँगको भेटवार्तापछि आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ  । भ्रमणका बारेमा दुई देशबीच जारी हुने संयुक्त प्रेस विज्ञप्तिका विषयमा भने औपचारिक जानकारी दिइएको छैन । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ