arrow

संयुक्त बक्तब्य नआउँदैमा भ्रमण असफल भयो भन्न मिल्दैनः प्रधानमन्त्री

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
Oli-and-Modi.JPG.jpeg.jpeg
ऋषि धमला, मुम्वई। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त बक्तब्य नआउँदैमा आफ्नो भ्रमण असफल भएको टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन।
 
मुम्बईमा कुराकानी गर्दै उनले आफ्नो भ्रमण बक्तब्यकोलागि नभई भारतको सद्भाव प्राप्त गर्नकोलागि भएको भन्दै आफुले भ्रमणबाट भारतको सद्भाव लिएर जान लागेको बताए।
 
प्रधानमन्त्री ओलीले नाकाबन्दी अन्त्य गर्न भारत आएको उल्लेख गर्दै भने, 'भारतको सद्भाव लिएर नाकाबन्दी अन्त्य गर्न आएको मैले नाकाबन्दी शब्द उल्लेख गरे गरिन भन्ने कुराको अर्थ रहँदैन मैले यहाँको जनता, सरकार र राजनीतिज्ञहरुको राम्रो सद्भाव पाएको छु।'
 
नेपालको संविधानलाई भारतले अझै समर्थन गरेन नि भन्ने जिज्ञासामा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान जारी हुनु महत्वपुर्ण उपलब्धि भएको र विदेश मन्त्री शुष्मा स्वराजले संविधान संसोधन सकारात्मक भएको भनिसकेकोको अर्थ नेपालको संविधानको स्वागत गरेको अर्थ भएको भन्दै आफ्नो भ्रमणले दुई मुलुकवीच रहेको अविश्वासको बातावरण अन्त्य गरेर सम्बन्धलाई सुमधुर बनाएको दावी गरे।
 
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भ्रमणलाई अतिरञ्जित बनाएको भनि गरेको टिप्पणीमा प्रधानमन्त्रीले भने,‘कस्ले के भन्छ मलाई मतलब छैन । म प्रतिक्रियाको पछि लाग्ने मान्छे होईन। नेपाली जनताको विषय लिएर आएकोमा सफल भए। कसैले टिप्पणी गर्दा सबै कुरा बुझेर टिप्पणी गर्दा राम्रो हुन्छ।’
 
भ्रमणमा रहेका मन्त्रीहरु उत्साहित छैनन नि भन्ने जिज्ञासमा उनले यो भ्रमण टिम वर्कमा भएको भन्दै सबै सन्तुष्ट रहेको दावी गरे। प्रधानमन्त्रीले मधेस समस्याको विषयमा कुराकानी भएको भन्दै त्यो समस्या संबाद र सहमतिबाटै टुङगिने विश्वास ब्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ