arrow

धनकुटामा एकै दिनमा २ सय जनाको नि:शुल्क शल्यक्रिया

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
dhankuta_view_01.jpg.jpeg

धनकुटा । धनकुटामा संचालन भैरहेको वृहत नि:शुल्क स्वास्थ्य शिविर अन्तर्गत सोमबार एकै दिनमा २ सय जनाको नि:शुल्क शल्यक्रिया भएको छ ।

शल्यक्रिया शिविरमा आज १६ जनाको ठूला जटिल शल्यक्रिया (मेजर अप्रेशन) ,  (माईनर अप्रेशन)  सामान्य खालको शल्यक्रिया र पायल्सको समेत गरी ७६ जनाको शल्यक्रिया गरिएको शिविर व्यवास्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।
 
यसैगरी आजै १ सय ८ जनाको दातको उपचार गरिएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताए। वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पित्तको पत्थरी, पाठेघर, हर्निया,हाईडोसिल, पायल्स,गाठागुठीको शल्यक्रिया, दाँतको उपचार, कृतिम हात वितरण गरिदै आएको शिविर आयोजक समितिका सचिव विजय सन्तोषी राईले वताए ।

शिविरलाई व्यवस्थित र प्रभावकारी रुपमा वास्तविक पहुच विहिनहरुलाई सेवा दिन सवैसंग समन्वय तथा सम्पर्क गरीरहेकोले ग्रामिण तथा दुर्गम क्षेत्रहरुबाट समेत विरामीहरु अत्यधिक रुपमा आउने थालेको शिविर समन्वय तथा व्यवस्थापन समितिका संयोजक सुनिल कुमार डंगोलले जानकारी दिए ।

कार्तिक १७ गते सम्म संचालन हुने वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अहिले शल्यक्रिया गराउन दैनिक रुपमा ठूलो संख्याका आउने गरेको  शिविर व्यवस्थापन तथा संचालन समितिका सदस्य सावित्रा राईले वताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ