arrow

८ जीबी र्‍याम भएको वान प्लस ६टी सार्वजनिक 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
OnePlus-6T.jpg

काठमाडौं । स्मार्टफोन निर्माता वानप्लसले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोमबार अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले आफ्नो वानप्लस ६टी सार्वजनिक गरेको हो । 

यो स्मार्टफोन गत मेमा सार्वजनिक भएको वानप्लस ६ स्मार्टफोनको सफलतासँगै आएको हो । यसमा धेरै परिवर्तन नगरिएको भए पनि यसमा गुणस्तरीय क्यामेरा, ब्याट्रि र डिस्प्लेको प्रयोग गरिएको बताइएको छ । 

यो स्मार्टफोनको मूल्य ५४० अमेरिकी डलर तोकिएको छ । यो स्मार्टफोनको प्रि–बुकिङ सुरु भएको छ । नोभेम्बर १ बाट यसको बिक्री सुरु हुने बताइएको छ । कम्पनीले यो अमेरिकामा फिंगरप्रिन्ट सेंसर दिइएको पहिलो स्मार्टफोन रहेको बताएको छ । अमेरिकाको टी–मोबाइलसँग सहकार्य गरेर कम्पनीले यो स्मार्टफोन ल्याएको हो । 

यो स्मार्टफोन गुगलको एन्ड्रोइड ९.० पाइमा चाल्नेछ । यसमा ६.४१ इन्चको फुल एचडी एमोएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । यसमा क्वालकोम स्न्यापड्रयागन ८४५ प्रोसेसरको प्रयोग गरिएको छ । यो स्मार्टफोन ६ जीबी र ८ जीबी र्‍यामको दुई वारियन्टमा उपलब्ध हुने बताइएको छ । यसको इन्टर्नल स्टोरेज १२८ जीबी र २५६ जीबी रहने छ । यसमा माइक्रो एसडीको प्रयोगको सुविधा रहने छैन । 

यसमा ड्युअल रेयर क्यामेराको प्रयोग गरिएको छ । यसमा प्राइमरी सेन्सर १६ मेगापिक्सलको रहेको छ भने सकेण्डरी सेन्सर २० मेगापिक्सलको रहेको छ । फ्रन्ट क्यामेरा पनि १६ मेगापिक्सलको रहेको छ । यसमा ३७०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ