सोनीको आम्दानी दोब्बरले बढ्यो

प्रकाशित मिति : २०७५ कार्तिक १३ मंगलबार
फाइल तस्विर

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ ।

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका ६ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो । एएफपी

नयाँ