arrow

विमान दुर्घटनाको उद्धारकार्य छिटो गर्न दिल्लीबाट प्रधानमन्त्रीको निर्देशन, घटनाप्रति दुःख प्रकट

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान पोखराबाट जोमसोमका लागि उडेको केही बेरमै हराएको विमान दुर्घटनाको उद्धारमा तदारुकताका साथ लाग्न कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेललाई निर्देशन दिएका छन् ।  
 
भारतको राजकीय भ्रमणका रहेका प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख प्रकट गर्दै चाँडो उद्धारमा लाग्न निर्देशन दिएका हुन् । यसअघि प्रधानमन्त्रीले आफूलाई टेलिफोन गरी युद्धस्तरमा सम्पर्कबिहीन विमानको खोजी गर्न निर्देशन दिनभएको मन्त्री पोखरेलले बताएका थिए ।  
 
विमान म्याग्दीको दाना गाविस–१ सोलेघोप्टीभीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाले उद्धार कार्य जतिसक्दो छिटो गर्नका लागि सम्बन्धित निकार्यमा सुरक्षा निकाय परिचान भइसकेको समेत मन्त्री पोखरेलले बताए । 
 
बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको सम्पर्क बिहीन भएको तारा एयरको जहाज दानाको सोलीघोप्टी भीर जनिकै दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु सवार विमानमा दुर्घटनापछी आगो लागेको र सवार सबैको मृत्यु भइको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ