arrow

संघियता असफल बनाउन केही तत्वहरुले कामना गरेका छन्: मुख्यमन्त्री राई

logo
किरण न्यौपाने,
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
sherdhan.jpg

रंगेली । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले संघियता असफल बनाउन केही तत्वहरुले कामना गरेको बताएका छन्।

मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा मंगलबार नेकपा मोरङ्ग क्षेत्र नं.५ ले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघ, प्रदेश र स्थानीय तह बिच राम्रो सम्बन्ध नहोस भनि कामना गर्दै संघियतालाई असफल बनाउन र प्रदेश र स्थानीय तह निकम्बा भएको हेर्ने चाहनेहरु अझै यस धर्तीमा रहेको बताएका हुन् ।

राइले त्यस्तो सपना देख्नेहरुलाई आफुहरुले यस देशलाई विकास र समृद्धको बाटोमा अगाढी बढाउनको निम्ती, नयाँ युगको रचना गर्न र नयाँ नेपाल निर्माण गर्नका लागी योजनावद्ध रुपमा अघि बढी रहने र नेपाली जनताले दिएको म्यानडेढलाई कदरलाई निराशामा बदलिन नदिई देशको जिम्मेवारीलाई काधमा बोकेर तिन तहको सरकार बिच बलियो सम्बन्ध कायम गरी विकास र समृद्धको बाटोमा अघि बढ्ने बताए ।

साथै सो अवसरमा आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङ्गवो, आन्तरीक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले अहिलेको तीनै तहको सरकारको एउटै उद्देश्य भनेको समृद्ध नेपाल खुशी नेपाली भएको बताए ।

सो क्रममा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डल, प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशी, रंगेली नगरपालीका मेयर दिलिप कुमार अग्रवाल, नेकपाका मोरङ्ग संयोजक ऋषिकेश पोखरेल, पुर्व जिल्ला अध्यक्ष महेश रेग्मी लगायतले शुभकामना मन्त्वय व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ