arrow

सिन्धुपाल्चोकमा पराकम्पनको कडा झट्का

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
parakampan-new-ff.jpg.jpeg
काठमाडौं । सिन्धुपाल्चोकको बतासे आसपास केन्द्र विन्दु भएर दिउँसो पराकम्पन आएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ को भूकम्पपछी पराकम्पन आउने क्रम अझै रोकिएको छैन । पराकम्पनको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।
 
यसअघि, आइतबार राति ११ बजेर ५४ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्पन आएको थियो । मंगलबार राति संखुवासभाको माङतेवा नजिकै केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ