arrow

राष्ट्रपति भण्डारीको विजोग सामाजिक संजाल

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सामाजिक संजाल प्रदर्शन निराशाजनक देखिएको छ । उनले महत्वपूर्ण समयमा समेत आफूलाई कन्जुस्याईँ गर्दै आइरहेकी छिन् । 

यतिबेला राष्ट्रपति भण्डारी कतार भ्रमणमा छिन् । चार दिने औपचारिक भ्रमणमा रहेकी भण्डारीले त्यहाँ के के गरिरहेकी छिन् भन्ने चासो हुन्छ । 

तर उनी समाजिक संजालमा छैनिन् । 

उनको यसअघिदेखि कै सूचना वा सन्देश दिने प्रदर्शन नराम्रो छ । 

गत अप्रिल ९ तारिखदेखि ट्वीटर चलाउन थालेकी विद्यादेवीको ट्वीटर खातामा अहिलेसम्म जम्मा ४ वटामात्र ट्वीट छन् । 

राष्ट्रपति कार्यालयमा राष्ट्रपतिका सल्लाहकार नै धेरै छन् । तर सन्देश दिने मामलामा उनीहरु चुकिरहेका छन् । 

जुलाई २९ पछि उनको कुनै ट्वीट पनि भएको छैन ।

आखिर ट्वीटर रहरमा खोलियो वा वाध्यतामा ? कि ट्वीटर खोलिएको छ भने पनि भुलिन् राष्ट्रपतिले ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ