arrow

एप्पलको अहिलेसम्मकै पातलो आईप्याड प्रो सार्वजनिक 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
ipad_pro_2018.jpg

काठमाडौं । विश्वको चर्चित प्रविधि कम्पनी एप्पलले आफ्नो आईप्याड प्रो सार्वजनिक गरेको छ । मंगलबार न्युयोर्कमा एक कार्यक्रमको बीचमा कम्पनीले आफ्नो अहिलेसम्मकै सबैभन्दा पातलो आईप्याड प्रो सार्वजनिक गरेको हो । 

एप्पलले ११ इन्च तथा १२.९ इन्चको दुई स्क्रिन साइजमा आईप्याड प्रोको २०१८ को भर्सन सार्वजनिक गरेको हो । 

यो आईप्याड ६४ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजको वारियन्टमा उपलब्ध हुने बताइएकोछ । यो आईप्याड यूएसबी टाइप–सी कनेक्टर सपोर्ट गर्ने पहिलो आईओएस डिभाइस हो ।
 
एप्पलले आफ्नो नयाँ आईप्याड प्रोमा एलईडी फ्ल्यासका साथमा १२ मेगापिक्सलको रेयर क्यामेराको प्रयोग गरेको छ । यसमा एकपटक चार्ज गरेपछि १० घण्टालाई पुग्ने ब्याट्रिको दाबी गरिएको छ । 

कम्पनीले यो अहिलेसम्मकै सबैभन्दा पातलो आईप्याड रहेको बताएको छ । दुवै आईप्याडको मोटाइ ५.९ एमएमको मात्र रहेको छ । यो पुरानो मोडलको तुलनामा यो मोडलको तौल २५ प्रतिशतले कम छ ।

आईफोन एक्समा जस्तै यसमा होम बटम हटाइएको छ । यसमा फेसआईडी फिचर्स पनि दिइएको छ । साथै एनीमोजी, मेमोजी, एप्पल पेजस्ता फिचर्सहरु पनि समावेश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ