प्रदेश १ काे मन्त्रिपरिषदले एकै दिन गर्‍याे १२ निर्णय

प्रकाशित मिति : २०७५ कार्तिक १४ बुधबार

विराटनगर । प्रदेश १ काे सरकारले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ निर्णय गरेको छ । वुधबार बसेको प्रदेश  मन्त्रिपरिषद बैठकले एक दिन १२ वटा निर्णय गरेकाे हाे । 

बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ । 

बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताए ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि सङ्घीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ । बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

साथै, कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय गर्‍यो । मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गर्‍यो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ