arrow

‘मि टु’ बारे मलाइको टिप्पणी - हल्ला गर्ने बढि भए

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
malaika.jpg

काठमाडौं । बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोराले ‘मि टु’ बारे टिप्पणी गरेकी छन् । बलिउडमा ‘मि टु’ अभियान हरेक मिडियामा तातेको बेला उनको टिप्पणी आएको हो ।

मलाइकाले ‘मि टु’ बारे भनिन् ‘मलाई यो अभियानले त्यस्तो परिवर्तन आएको छ भन्ने लाग्दैन । मैले मानिसहरुको कुरा सुनिरहेको छु र सोसल मिडियामा पढिरहेकोछु । मानिसहरु यसबाट परिवर्तन चाहने भन्दा पनि हल्ला बढि गरिरहेका छन् ।’


मलाइका हाल इन्डियन रियालिटि शो ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘इन्डियाज नेक्स्ट टप मोडल’मा निणार्यकको भुमिकामा छिन् ।

भारतमा महिलाहरुले आफैमाथि भएको यौन दुर्व्यवहारको घटनाहरुमा पिडकको नाम सार्वजनीक गर्दै समाजिक सजालमा आउन सुरु गरेका छन् । सो अभियानलाई #metoo नाम दिइएको छ । पछिल्लव समय नेपालमा पनि सो अभियान सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ