arrow

अनुपम खेरले दिए एफटीआईआईको अध्यक्षबाट राजीनामा

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
anupam_0.jpg

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले बुधबार भारतीय फिल्म एण्ड टेलिभिजन संस्थान (एफटीआईआई) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
 
अनुपम खेरले आफ्नो राजीनामा सूचना एवं प्रसारण मन्त्री राज्यवर्धन सिंह राठौरलाई दिएका छन् । मन्त्री राठौरले अनुपमको राजीनामा स्वीकृत गरेका छन् । राठौरले खेरले अध्यक्ष पदमा गरेको कामको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

अनुपमले राजीनामा पत्रमा 'अन्तर्राष्ट्रीय प्रोजेक्टमा व्यस्तताका कारण संस्थान प्रतिको जिम्मेवारी पुरा गर्न नसक्ने हुदा राजीनामा पेश गरेको छु'  लेखेका छन् । उनले पत्रमा ' एफटीआईआईको अध्यक्ष पद मेरा लागि सम्मानको बिषय रहेको र पदमा रहँदा मैले धेरै कुरा सिक्ने अवसर पाएको छु' उल्लेख गरेका छन् ।

अनुपम एक अन्तर्राष्ट्रीय प्रोजेक्टको काममा २०१८ देखि २०१९ सम्म करिब नौ महिना अमेरिकामा रहनेछन् । सोहि कारण उनि संस्थानमा सक्रिय हुनेछैनन् ।  

अनुपम खेर एफटीआईआईमा गजेन्द्र चौहानपछि अध्यक्ष बनेका थिए ।  उनि ११ अक्टूबर २०१७ मा संस्थाको अध्यक्ष बनेका थिए । उनलाई एफटीआईआईका पूर्व अध्यक्ष गजेन्द्र चौहानको स्थानमा नियुक्त गरिएको थियो । गजेन्द्रको कार्यकालमा एफटीआईआई निकै विवादित बनेको थियो ।

अनुपम खेरले पूर्व प्रधानमन्त्री मनमोहन सिंहमा आधारित चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ को सुटिङको क्रममा आलोचनाको सामना गर्नु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ