arrow

प्रधानमन्त्रीको सम्मानमा दिइएको पार्टीमा बलिउड स्टारहरु

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
bollywood-oli.jpg.jpeg
काठमाडौ। भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलिउड नायिका अभिनेत्री मनिषा कोइरालाको तत्वावधानमा मुम्बईमा दिएको पार्टीमा बलिउड स्टारहरु उपस्थित भएका छन् । होटलमा आयोजना गरेको कार्यक्रममा  बलिउड नायिका तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, मनिषा, नेपाली कलाकार सुनिल थापा सहितका करिब १ दर्जन कलाकारहरु सहभागि थिए । पार्टीमा प्रधानमन्त्रीसँग बलिउड कलाकारहरुले फोटो सेसन गर्नुका साथै केही समय रमाईलो कुराकानी गरेका थिए । 
 
प्रधानमन्त्री ओलीको कुरालाई ध्यानपूर्वक सुनेका बलिउड कलाकारहरु प्रधानमन्त्रीको रमाईलो अभिब्यक्तिमा मज्जैले हासेको देखिन्थे । पार्टी स्थल पुग्दा प्रधानमन्त्रीले स्वागत गर्न बसेकी मनिषालाई ‘ के छ मनिषा जी भनेर हाल खवर सोधेका थिए । त्यसपछि ओलीले काठमाडौ कहिले आउनु हुन्छ भनेर सोधेका थिए । मनिषाले कांग्रेसको महाधिवेशन अघि नै काठमाडौ आउने जवाफ दिएकी थिईन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ