arrow

रिलिज हुनुअघि आमिरको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ लाई मुद्दा

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
hindustan1.jpg

काठमाडौं । भारतीय अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुनुभन्दा केही दिनअघि विवादमा परेको छ । फिल्मका निर्माता, निर्देशक र अभिनेता आमिर खानको विरुद्धमा कुनै जाति विशेषलाई अपमानित गर्दै मानहानि गरेको र भावनामा ठेस पुर्‍याएको भन्दै अदालतमा मुद्दा दायर भएको हो ।

१२ नोभेम्बरमा वकिल हंसराज चौधरीले यो मुद्दाको विषयमा आफ्नो बयान दिनेछन् । केही दिनअघि फिल्ममा मल्लाह जातिलाई फिरंगी नाम दिइएको भन्दै विवाद देखिएको हो ।

यो मुद्दाको पक्षमा बहस गर्दै आएका अधिवक्ताहरुले फिल्मलाई चर्चामा ल्याउनका लागि यस किसिमको नाम राखिएको र जाति विशेषलाई फिल्मले अपमानित गरेको बताएका छन् । अहिले दायर गरिएको मुद्दामा फिल्मको सबै कहानी कानपुरको मात्र रहेकोमा फिल्मको नाम नै ‘ठग्स अफ हिन्दूस्तान’ राखिनु गलत रहेको बताएका हुन् ।

फिल्मको कहानी एक अङ्ग्रेजी उपन्यासकारको उपन्यासमा आधारित रहेको छ । यो फिल्ममा १७९५ को घटना देखाइएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ भारतमा २०१८ को निकै आशा गरिएको फिल्म हो । यो फिल्म ८ नोभेम्बरमा रिलिजको तयारी गरिएको छ । यो फिल्ममा आमिर खानका साथै कटरिना कैफ, लायड ओवेन, अमिताभ बच्चनलगायतका कलाकारहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ