arrow

संसर्गको क्रममा वक्षस्थलले थिचेर मार्न खोजेको भन्दै प्रेमिका पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
bed.jpg

एजेन्सी। जर्मनीका एक व्यक्तिले आफ्नी प्रेमिका विरुद्ध अनौठो किसिमको आरोप लगाएका छन् । जर्मनीका ३० वर्षीय टिम स्किमडटले आफ्नी ३३ वर्षीया प्रेमिका फ्रान्जिस्का हानसेन विरुद्ध वक्षस्थलले थिचेर मार्न खोजेको आरोप लगाएपछि प्रहरीले फ्रान्जिस्कालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार अनलाईनहरुले जनाएका छन् ।
 
समाचारका अनुसार शारीरिक सम्बन्धका क्रममा प्रेमिकाले आफ्नो वक्षस्थलले थिचेर हत्या गर्ने प्रयास गरेको आरोप टिमले लगाएका हुन् । जर्मनीको एक अदालतमा घटनाको सुनुवाईको क्रममा टिमले आफ्नी प्रेमिकाको वक्षस्थल निकै ठूलो भएको र उनले आफूलाई मार्न खोजेको बताएका हुन् । टिमले आफ्नी प्रेमिका फ्रान्जिस्का आफ्नो सफलताबाट ‘जल्ने’ गरेको बताएका छन् । सोही कारण उनले सेक्सका समयमा आफूलाई मार्न खोजेको आरोप लगाएका जनाइएको छ ।
 
त्यस्तै अर्कोतर्फ सुनुवाईका क्रममा फ्रान्जिस्काले भने आफ्नो प्रेमीले झुठो आरोप लगाएका दाबी गरेकी छिन् । तर, टिमले भने प्रेमिकाले वक्षस्थलले थिचेर, आफूलाई श्वासप्रश्वासमुक्त गरेर हत्या गर्ने षड्यन्त्रमा फ्रान्जिस्का लागेकी आरोप लगाएका बताइएको छ ।

 यद्यपी टिमले प्रेमिका विरुद्ध लगाएको आरोपको पुष्टी भने भईसकेको छैन । तर, प्रहरीले भने फ्रान्जिस्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ