arrow

कम्पनीको निर्णयको विरुद्धमा गुगलका कर्मचारीले रोके काम

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
google-staff.jpg

काठमाडौं । गुगलका कर्मचारीहरुले विहीबारको काम ठप्प पारेका छन् । उनीहरुले महिलाहरुमाथिको दुर्व्यवहारमा कम्पनीको कदमको विरोध गर्दै विहीबारको काम रोकेका हुन् । 

गुगलका सीईओ सुन्दर पिचाईले कर्मचारीहरुको विरोध गर्न पाउने अधिकारलाई समर्थन गर्ने बताएका छन् ।

एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम निर्माता एन्डी रुबिनलाई गुगलले कम्पनी छाडेपछि पनि गुगलबाट ९ करोड डलर पाएको समाचार बाहिरिएसँगै कम्पनीका कर्मचारीहरुमा आक्रोश देखिएको थियो । रुबिनले यौन दुर्व्यवहारको मुद्दा लागेपछि राजीनामा दिएका थिए । 

रुबिनमाथि दुर्व्यवहारको मुद्दा लागेकोमा पनि कम्पनीले उनलाई रकम दिइरहेको विषयलाई लिएर कर्मचारीहरु आक्रोशित बन्न पुगेका हुन् । विहीबार उनीहरुले भुक्तानी र अवसरमा कम्पनीमा देखिएको असमानता हटाइनुपर्ने माग राखेका छन् । 

गुगलमा यौन दुर्व्यवहारको मुद्दामा ४८ कर्मचारीहरुलाई कुनै पनि भुक्तानी नदिइकन बिदा गरिएको कम्पनीका सीईओ पिचाईले बताएका छन् ।  विहीबार सबै कर्मचारीहरुले यौन दुर्व्यवहार, पारदर्शिताको अभाव र सबैका लागि कार्यालय काम गर्ने क्षेत्र बन्न नसकेकोको कुराहरुको विरोध गर्दै नियमित काममा नरहेको भन्ने नोट आफ्नो कार्यस्थलमा छाडेका थिए । 

उनीहरुले कम्पनीले यौन दुर्व्यवहारको विवरणहरु सार्वजनिक गर्नुपर्ने बताएका छन् । विभिन्न समयमा गुगलका कर्मचारीहरले कम्पनीको निर्णयको विरुद्धमा आवाज उठाउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ