arrow

विराट गोल्डकप : झापा–११ फाइनलमा, एपीएफ सेमिफाइनलबाटै बाहिरियो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन १२ बुधबार
Jhapa-11.jpg.jpeg
विराटनगर । मोफसलको झापा–११ विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा विभागिय सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई २–० ले पराजित गर्दै झापाले फाइनल यात्रा तय गरेको हो । 
 
झापालाई विजयी गराउन बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले खेल सुरु भएको १५औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । मध्यान्तरपछि ८८औं मिनेटमा कन्दङवाले निर्णायक गोल गरे । 
 
खेल सुरु भएको ३५औं मिनेटमा रञ्जन श्रेष्ठको पासमा तोप विष्टले गरेको प्रहार गोल पोष्टमाथीबाट बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच झापाका कर्ण लिम्बु भए । क्वार्टरफाइनलमा भारतको जर्ज टेलिग्राफ कोलकातालाई ५–१ ले हराउँदै झापा र विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र सेमिफाइनलमा पुगेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र आयोजक मोरङ फुटवल क्लब विराटनगर आमने सामने हुँदै छन् । फाइनल खेल शनिवार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ