arrow

अचम्मका बिरामी जसको आँखाबाट बग्छ रगतको आँसु

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
hemolacria.png

काठमाडौं । कुनै पनि मानिसको लागि बिरामी हुनु नौलो कुरा होइन । मानिसहरु भिन्न भिन्न किसिमको समस्याले ग्रासित हुने गर्छन् । यद्यपि संसारमा यस्तो पनि रोग छ, जसको कारण विना कुनै चोट आँखाबाट रगत आउने गर्छ । 

इटालीका एक व्यक्तिलाई निकै दुर्लभ मानिने यो रोग लागेको हो । ५२ वर्षीय यी व्यक्तिको आँखा, नाक तथा टाउकोको कुनै पनि हिस्सामा समस्या छैन तर उनको आँखाबाट रगत आउने गर्छ । समाचारमा बताइएअनुसार जुनसुकै बेला उनको आँखाबाट आँसु आउन सक्छ । 

यो समस्या लिएर परीक्षणको लागि अस्पताल पुगेका उनलाई हमोल्याक्रिया नामक रोग लागेको हो । परीक्षणको लागि अस्पताल गएको उनको बसिरहेकै अवस्थामा आँखाबाट आँसु बसेको थियो । 

हिमोल्याक्रिया निकै दुर्लभ रोग हो । यो रोग लागेपछि आँसु र रगत आपसमा मिसिने गर्छ । जुन पछि आँखाको माध्यमबाट बाहिर आउने गर्छ । 

विश्वभर कति मानिसहरु यो रोगबाट पीडित छन् भन्ने कुराको कुनै आँकडा छैन । आँखामा संक्रमण, अनुहारमा चोट वा आँखाभित्र ट्युमर भएमा यो रोग लाग्नसक्ने सम्भावना हुने डक्टरहरु बताउँछन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ