arrow

साग स्वर्णधारीलाई सम्मान

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
hamrakura-sport.JPG.jpeg
काठमाडौं । भारतमा भरखरै सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक हासिल गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले सम्मान गरेको छ । उनीहरुलाई बुधबार सातदोवाटोस्थित मैत्री तेक्वान्दो डोजाङ्गमा एक कार्यक्रमबीच राखेप सदस्य सचिव केशव कुमार बिष्टले ५० हजार बराबरको चेक तथा प्रशंसा पत्र प्रदान गरे । 
 
सोही अवसरमा अल्ट्रा धावक मिरा राईलाई पनि प्रशंसा पत्र सहित ७५ हजारको चेक प्रदान गरियो । उनी विश्व अल्ट्रा च्यम्पियनसिपमा दोश्रो स्थान हात पार्न सफल भएकी थिइन् । लामो समय माओवादीमा लागेकी उनी दुई वर्ष अघिमात्र खेलकुदमा लागेकी हुन् । महासंघका अध्यक्ष राजकुमार राईले विदेशमा बसेर पनि खेलकुदको माध्यमले राष्ट्रको नाम उच्च राख्न योगदान गरेकोमा आफु धन्य भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ