arrow

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय भेला युगान्डामा हुने

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
nrna.JPG

अफ्रिका । गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने डडसेम्बर २९ - ३० , २०१८ मा पुर्वी अफ्रेकी मुलुक युगान्डाको राजधानी कम्पाला शहरमा आयोजना हुने भएको छ । सो बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहने छ ।

सो क्षेत्रीय बैठकको मुल बिषय "विकासका अनुभवहरु एक आपसमा साटदै" भन्ने रहेको छ । साथै विषयमा केन्द्रित भएर विभिन्न शत्रहरु संचालन हुनेछन् । सो अनुरुप अफ्रिकी विज्ञ र अफ्रिकामा कायारत नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुने छ ।

साथै नेपाली श्रमिकहरुले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परररहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पयाटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकतााको लगानी अनुभव बारे बैठकमा कायापत्रहरु प्रस्तुत र छलफल हुने जानकारी गैरआवासीय
नेपाली संघ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल काकीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ