arrow

मौसम बिग्रिएपछि शव सङ्कलनको काम स्थगित, शव भोलीमात्र ल्याइने

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air.jpg.jpeg
म्याग्दी। म्याग्दीको दाना गाविस–२ को सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार भएकामध्ये शव फेला नपरेकाको खोजी र शव सङ्कलनको काम आजलाई स्थगन गरिएको छ । खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले  जानकारी दिए ।  मौसममा आएको खराबी र रात परेका कारण सङ्कलन भएको शवलाई समेत तल झार्न र नभेटिएकाको खोजी गर्न कठिनाइ भएपछि आजका लागि खोजी कार्य स्थगन गरिएको हो । 
 
दुर्घटनास्थल निकै अग्लो डाँडाको खोँचमा रहेको र बाक्लो कुहिरो लागेसँगै चिसो बढेपछि खोजी र शव सङ्कलनको काम स्थगन गरिएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिए  । दुर्घटनामा परेको जहाज पूर्णरुपमा जलेको छ भने केही हिस्सा पहाडमा ठोक्किएर छरिएका छन् । 
 
दुर्घटनास्थल म्याग्दी सदरमुकाम बेनीदेखि ४० किमी उत्तर दानाको काभ्रेदेखि पाँच घन्टाको पैदल दूरीमा रहेको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीन जना सदस्य सवार थिए । जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ