नयाँ दिल्ली। नेपालका कार्यकारी प्रमुख भारत भ्रमणमा जाँदा संयूक्त बक्तब्य जारी गर्ने परम्परा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा तोडिएको छ।प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्यसअघि नै दुई देशको संयूक्त प्रतिबद्धतासहितको संयूक्त बक्तब्य जारी हुने अनुमान गरिएको थियो।
तर नेपालमा जारी भएको संविधानलाई के भन्ने भनि सहमति जुटन नसक्दा संयूक्त बक्तब्य जारी नहुने भएको हो। स्रोतका अनुसार नेपाली पक्षले नेपालको संविधानसभाले जारी गरेको संविधानलाई भारतले निसर्त स्वागत गर्नुपर्ने अडान राखेको थियो भने भारतले प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि दिएको अभिब्यक्तिकै आधारमा राख्नु पर्ने आडन लिएको थियो। भारतले नेपालको राजनीतिक समस्या समाधान नभएकोले अहिले नै निसर्त स्वागत गर्न नसकिने अडान राखेको थियो। सोही कारणले संयूक्त बक्तब्य जारी हुन नसकेको हो।
नेपालकालागि भारतीय राजदुत रञ्जित रे र भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले संयूक्त बक्तब्य जारी नहुने पुष्टि गरे।