arrow

अयोध्याकी राजकुमारी जो बनिन् दक्षिण कोरियाकी महारानी

दीपावलीमा कोरियाली राष्ट्रपति पत्नीको अयोध्या भ्रमण 

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
ayodhya-south-korea-relatio.gif

अयोध्या । दक्षिण कोरीयाका राष्ट्रपति मून जे इनकी पत्नी किम जोग सूक एक्लै भारत भ्रमणमा आउँदै गरेको कुरा सार्वजनिक भएको छ । दक्षिण कोरियाका समाचार एजेन्सी योनहापले यो समाचारलाई पुष्टि गरेको छ । एजेन्सीका अनुसार किम जोग सूक नोभेम्बर ६ तारिकको दिन अयोध्या आउन लागेकी हुन् । उनको अयोध्या यात्रा यो वर्ष मात्रै होईन हरेक वर्ष दीपावली भन्दा पहिला मनाईने दीपावली उत्सवमा सहभागी हुनको लागि अयोध्या आउने गरेकी छिन् । १६ वर्षमा यो पहिलो पटक हो कि किम जोग सूक दक्षिण कोरियाका राष्ट्रपतिको साथ बिना कुनै विदेश यात्रामा निस्किँदै छिन् । 

चार दिने भारत भ्रमणको क्रममा किम जोंग(सूक ४ नोभेम्बरको दिन सोमबार भारतको राजधानी नयाँदिल्ली आउँदैछिन् । उनले सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ । तर, यस यात्राको क्रममा उनले प्राचीन कोरियाली राज्य कारकका संस्थापक राजा किम सू(रोकी भारतीय पत्नी, महारानी हौको स्मारकमा पनि जाने तयारी गरिरहेकी छिन् । महारानी हौको स्मारक अयोध्यामा सरयू नदीको किनारमा स्थित रहेको छ । 

को हुन् महारानी हौ ?
राजकुमार राम तथा अयोध्याबाट उनको १४ वर्षको वनवासको किंवदन्ती हजारौं सालदेखि हाम्रो पूर्वीय वाङ्मयमा चल्दै आएको छ । तर, वितेको दुई दशक अघि अयोध्याकी एक चेलीको विदेशी दुनियाँमा अन्माएको विषयले भने त्यति चर्चा पाउन सकेको छैन । 

कोरियाको इतिहासमा लेखिएको छ कि भारतको अयोध्याकी करिब २००० साल पहिले अयोध्याकी राजकुमारीु सुरीरत्ना नी हु ह्वांग ओक(अयुता भारतबाट दक्षिण कोरियाको ग्योंगसांग प्रान्तको किमहये शहरमा गएकी थिईन्। तर, राजकुमार रामको जस्तो ती महारानी कहिलै पनि अयोध्या आईनन् । त्यसैले पनि इनको त्यति चर्चा हुन सकेन । 

चिनियाँ भाषामा लेखिएको दस्तावेज सामगुक युसामा भनिएको छ कि भगवानले अयोध्याकी राजकुमारीका पितालाई सपनामा आएर यो निर्देश दिएका थिए कि उनले आफ्नी छोरीको बिहे तिनै राजाका भाइको साथ राजा किम सू(रोसँग गर्नको लागि किमहये शहरमा पठाउनु । 

कारक वंश
आज कोरियामा कारक गोत्रका करिब ६० लाख जनता राजा किम सू(रो तथा अयोध्याकी राजकुमारीको वंश बताउँछन् । यस वंशका मानिसहरुले अझै पनि यो ढृंगालाई सुरक्षित राखेका छन् कि जुन ढुंगा समुन्द्रमा नाउलाई सन्तुलित राख्नको लागि लिएर गएकी थिईन्  किमहये शहरमा राजकुमारीको अहिले पनि एउटा ठूलो प्रतिमा राखिएको छ ।

दक्षिण कोरियामा राजकुमारीको प्रतिमा रहेको जो पत्थर छ त्यो अयोध्यादेखि नै लगिएको हो । अयोध्या तथा किमहये शहरबीचको मैत्री सम्बन्ध २००१ सालमा मात्रै जोडिएको भएपनि यी दुई शहरहरुको सम्बन्ध भने निकै पहिलेदेखि कै हो भन्ने पुष्टि भएको छ । 

कोरियाका पाहुना
यही कोरीयाली पाहुनाहरुले सरयू नदीको किनारमा सन्त तुलसीघाटको नजिक राजकुमारीको यादमा एउटा सानो पार्क पनि बनाईएको छ । अहिले पनि समय समयमा अयोध्याका प्रमुख अधिकारीहरु किमहये शहरको यात्रामा जाने गरेका छन् ।  

अयोध्याका पूर्व राजपरिवारका सदस्य बिमलेन्द्र मोहन प्रताप मिश्र यहाँ आउनेवाला कारक वंशका मानिसहरु अयोध्या भ्रमणमा आउने र उनीहरुले नै धेरै अयोध्यावासीलाई कोरीया भ्रमणमा समेत लैजाने गरेका छन् । उनके परिवारको इतिहास केही सय वर्ष पुरानो हो । अहिले कोरियालीहरुले अयोध्याको विकासको लागि पनि धेरै लगानीहरु गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ