arrow

भगवान् अप्रसन्न भएको भन्दै भगवान् बिरुद्ध भक्तको अदालती उजुरी !

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
court-2.jpeg.jpeg

एजेन्सी । एक भक्त भगवानसँग यती आक्रोशित भएका छन् कि उनले भगवान बिरुद्ध प्रहरीमा उजुरी गरे ।  जब प्रहरीले कुनै मद्दत गर्न सकेन तब उनले  अदालतमा भगवान् बिरुद्ध आवेदन दर्ता गराए ।
 
अदालतमा दाखिला भएको उजुरीमा उनले भगवान् पछिल्लो समय देखि उनलाई दु:ख दिइरहेको बताएका छन् । लाखौ  कोशिश गरे पनि भगवानको अप्रसन्नतामा कमि नभएको उनको भनाइ छ । भगवान् बिरुद्ध अदालतमा आवेदन दाखिल गर्ने व्याक्तिको  नाम डेविड शोशन हो। डेविड इजरायलको यरूशलममा बस्छन् ।
 
लामो समय देखि  भगवान् उनि प्रति कडाई र अप्रसन्न भएको डेविडको आरोप  छ । डेविडले भने,'यस मामिलामा प्रहरी पनि केहि गर्न असमर्थ रह्यो । त्यसैले भगवानको बिरुद्ध कारवाहि गर्नको लागि  अदालतको सरणमा गए ।'
 
डेविडले इजरायलको हाफिया प्रान्तको अदालतमा पेश भएर यो याचिका दायर गरेका हुन् । एक स्थानीय पत्रिकाका अनुसार डेविडको  याचिका सुनवाइको लागि  स्वीकृत भएको छ । तर  भगवान आफैलाई बचाउ गर्नका लागि स्वयम् अदालतमा उपस्थित थिएनन् ।
 
डेविडले अदालतलाई भने ईश्वर उनिसँग नराम्रोसँग पेश भए । डेविडको याचिकामा हाल उनिसँग के घटना घट्यो जसको कारण उनि  भगवानसँग यति दुखि छन् भन्ने खुलेको छैन ।
 
डेविडको दावि छ कि उनले भगवानको अपराध बिरुद्ध पुलिसमा कयौ पटक उजुरी गरेका छन् । डेविडले भने,'उनको उजुरी माथि प्रहरी  पेट्रोल कार १० पटक  उनको घर आए ।' डेविड यतिले सन्तुष्ठ भएनन् ।
 
 उनलाई लाग्छ भगवान बिरुद्ध कारबाही गर्न प्रहरी असमर्थ छ । यसपछि डेविडले भगवानको शक्तिलाई सीमित गर्ने  सम्बन्धी याचिका अदालतमा दायर गरे। अदालतले भन्यो डेविडलाई अदालतको होइन , कुनै तरिकाको सहयोगको आवश्यकता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ