- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडाैं । अमेरिकाको मध्यावधि निर्वाचन प्रभावित गर्न खोजेको भन्दै ट्वीटरले १० हजार खाताहरु बन्द गरेको छ ।
यसअघि अमेरिकाको राष्ट्रपति निर्वाचनमा पनि ट्वीटरको प्रयोग गरी निर्वाचन प्रभावित पारिएको भन्दै आलोचनाको सामना गरिरहेको ट्वीटरले यस्तो निर्णय गरेको हो ।
ट्वीटरले सेप्टेम्बरको अन्तिम तथा अक्टोबरको सुरुवातमा उक्त खाताहरु हटाइएको कम्पनीका प्रवक्ताले जानकारी दिएका छन् ।
उक्त खाताहरुबाट डेमेक्रेट्सहरुलाई निरुत्साहित गर्ने पोस्ट तथा सन्देशहरु प्रवाह हुने गरेको भन्दै ट्वीटरले यस्तो निर्णय गरेको हो ।
२०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि ट्वीटरले गलत सूचना प्रवाह गर्न खाजेको भन्दै लाखौं खाताहरु बन्द गरेको थियो । डेमोक्रेट्सका निकट एक व्यक्तिको सहयोगमा उक्त खाताहरु बन्द गराइएको हो । मध्यावधि निर्वाचनमा दुई पार्टीको बीचमा निकै कडा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ ।