arrow

डाक्टर गुलाटीको कमब्याक 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
dr-gulati.jpg

काठमाडौं । द कपिल शर्मा शोमा डाक्टर गुलाटीको भूमिका निकै जमेका कमेडी स्टार सुनील ग्रोबरले टेलिभिजनमा कमब्याक गर्ने भएका छन् । 

उनी १२–१५ भागको मिनी कमेडी सिरिज गर्न लागेको भारतीय संचारमाध्यमले लेखेका छन् । 

यो कार्यक्रममा बलिउडका कलाकारसमेत सामेल हुने जनाइएको छ । सुनीलले कपिलकै सिद्धान्तमा कार्यक्रम चलाउन लागेका हुन् । 

सुनीलका पारिवारिक सदस्यका रुपमा अन्य कलाकार पनि हुनेछन् । 

यो कार्यक्रमकी निर्माता प्रीति सिमोस हुन् । सिमोस कपिलकी पूर्व प्रेमिका हुन् । उनी कपिलकी पूर्व क्रिएटिभ प्रमुख पनि हुन् । 

यदि सोचेजस्तो भए कार्यक्रम डिसेम्बरको मध्यबाट सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ