arrow

दुब्लाउन मन छ ? यसो गरे घट्छ १५ दिनमै मोटोपना

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
thin-vs-fat.jpg

एजेन्सी ।  कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब   बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् ।  यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।
 
१. बढी भन्दा बढी पानी पिउनुहोस् - तौल कम गर्न  पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शरिरमा आलस्यता आउन दिदैन ।
 
२. फास्टफूड नखानुहोस् - फास्टफूडबाट टाढै रहनु फाइदा जनक हुन्छ । फास्टफूडमा हाई क्यालोरी हुने भएकाले शरीरमा बोसोको मात्रा बढाउछ।
जसले हिडडुलमा समस्या हुन्छ ।
 
३. स्टार्च जन्य खानेकुरा नखानुहोस् - चीनी र स्‍टार्च भएका खानेकुरा नखानुनै बेस हुन्छ । स्टार्च जन्य खानेकुरा भन्नाले - आलु, पापड़, पेस्‍ट्री, ब्रेड, चामल आदी सेवन पटक्कै नगर्नुहोस् । यसो गर्नाले छोटो समयमै तौल घटाउन सहयोग मिल्दछ ।
 
४. प्रोटीन युक्त आहार - खानामा बढि प्रोटीन पाइने आहारहरु खानुहोस् । दाल, अण्डा, मासु आदीको सेवन सन्तुलित रुपमा खानामा सामेल गर्नुहोस् ।
 
५. हरीयो तरकारीको सेवन- उमालेर बनाइएको हरियो सब्जिको झोल सेवन गर्दा तौल घटाउनलाई राहत पुग्दछ ।
 
६. क्यालोरीमा ध्‍यान दिनुहोस् - तपाई दिनमा कति क्यालोरी लिनुहुन्छ त्यसमा ध्‍यान दिन आवश्यक छ । यसबाट के खाएर तौल बढिरहेको थाहा पाउन सकिन्छ । जसले तपाईलाई हानि पुर्‍याइ रहेको छ सो चीज खान छोड्दिनुहोस ।
 
७.नियमित खानपान - तौल कम गर्नको लागि धेरै मानिसहरुले खानपीननै छोडि दिने गर्छन् ।  तर त्यो गल्ती झुक्किएर पनि गर्नु हुदैन । खानपीन नियमित नभए शरीर शिथिल हुदै जान्छ र हामीले चाहेको प्रतिफल प्राप्त हुदैन ।
 
८. खानु अघि हिड्नुहोस् - कयौ मानिस खाए पछि मात्रै हिड्ने गर्दछन् । कारण खाना पचाउने भन्ने उनीहरुको मानसिकता हो । तर यो कुरा बिलकुल ठिक होइन । अब त्यस्तो गल्ती नगर्दै तपाई खानु पहिले हिडडुल गर्नुहोस्। यसरी हिडडुल गर्नाले पाचन प्रणाली राम्रो हुन्छ र क्यालोरी नष्ट गर्न सहयोग पुग्दछ । यसर्थ क्यालोरीनै मोटोपनाको मुख्य कारण हो भन्ने बुझ्नु पर्दछ ।
 
९. खानेकुरा कम गर्नुहोस- यदी तपाई छाकमा ५ वटा रोटी खानुहुन्छ भने त्यसलाई कम गरेर ३ वटा सम्म पुर्‍याउनुहोस् । जसले तौल कम गर्न मद्दत गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ