arrow

कुकुरलाई चुम्बन गर्नु हुन्छ ? सावधान ! ज्यान पनि जान सक्छ

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
dog-kissing.jpg

एजेन्सी । तपाईले घरमा कुकुर  पाल्नु भएको छ ? कुकरलाई तपाई मायाँ गरेर चुम्बन गर्नुहुन्छ ? सावधान हुनुहोस् । कुकुरको  मुखमा किस गर्नाले तपाई गंभीर प्रकारको रोगको शिकार बन्नसक्नु हुन्छ  । तपाईको वफदार साथीको कारण तपाईको मृत्यु समेत हुन सक्छ।
 
एक शोधमा पाल्तू कुकुरलाई किस गर्दा त्यसको मुखमा हुने हानिकारक ब्याक्टेरिया तपाईको मुखमा सर्न गरेको पाइएको छ । यसबाट मुखमा खतरनाक रोग लाग्न सक्छ । कुकुरको मुखको खतरनाक ब्याक्टेरियाको  कारण पेरियोडोटाइटिसको संक्रमण हुन सक्दछ ।  पेरियोडोटाइटिस रोगबाट धेरै कुकुर ग्रसित रहने गरेको भेटिएको छ । कुकुरलाई किस गर्ने क्रममा  यो ब्याक्टेरिया तपाईको मुखमा नै पर्छ । पेरियोडोटाइटिस  गिजामा लाग्ने डर लाग्दो रोग हो । यस रोगका कारण गिजा कुहिने र दात झर्ने गर्दछ ।
 
जापानमा पाल्तू कुकुरको दातको स्वास्थ्यमा गरिएको अध्ययन पछि यस्तो चेतावनी जारी गरिएको हो । दातलाई हानि पुर्‍याउने  माइक्रोब्स मानिसमा पाइदैन तर कुकुरमा पाइन्छ । अध्ययनबाट कुकुर पाल्ने १६ प्रतिशत मानिसहरुमा यो रोग पाइएको छ । जसले कुकुरलाई आफ्नो मुख चटाउछन् । कार्नेल यूनिभर्सिटी भेटेरीनरी मेडिसिन कलेजका डा. पल माजाले भने कुकुरलाई किस नगर्नुनै बुद्धिमानि हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ