arrow

संजय दत्त सजाय सकिएर रिहा, झोला बनाउँथे जेलमा

जेलमा रहँदा आरजे भएर रेडियो कार्यक्रम चलाए

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
sanjaydutt-480.jpg.jpeg
 
काठमाडौं। बलिउड स्टार संजय दत्त आज जेलबाट रिहा भएका छन्। सन् २०१३ देखि ४२ महिना जेल बसेका दत्त सन् १९९३मा मुम्बईमा भएको श्रृखंलाबद्ध बम बिष्फोट काण्डमा मुसिएका थिए।
 
खासमा नियमानुसार सन् २०१६को नोवेम्बर महिनामा उनको सजाय सकिनु पर्ने हो । जेल भित्र राम्रो ब्यवहार गरेको हुनाले उनलाई ७ दिन प्रति महिनाका दरले सजायको दिन घट्ने सहुलियत दिइएकाले उनको सजाय सकिएको हो।  महाराष्ट्रका गृहमन्त्रीले स्थानिय प्रहरीलाई दत्तको रिहामा सबै ब्यवस्था मिलाउन लगाएका थिए।
 
सन् १९८१ देखि चलचित्रमा आएका दत्त अब  चलचित्रहरुमा फेरि दत्तचित्त भएर लाग्ने अनुमान गरिएको छ। उनका धेरै चलचित्रहरुको काम रोकिईरहेको अवस्थामा ती कामहरु शुरु हुनेछन्। उनका फ्यानहरुकालागि यो खुशिको कुरा रहेको छ। संजय दत्त बलिउडमा सफल चलचित्र खेल्ने कलाकारहरुको सुचीमा अग्रस्थानमा नै आउने गरेका छन्।  
 
कलाकारका साथै निर्माता पनि रहेका दत्तले आगामी दिनहरुमा अझ राम्रा चलचित्रहरु बनाउने छन् भन्ने फ्यानहरुको अनुमान रहेको छ। 
 
संजयका फ्यानहरुको संसारमा लामो लिष्टै रहेको छ। बच्चादेखि बृद्धसम्म उनका चलचित्रका दिवाना हुने गरेका छन्। सन् ९०को दशकमा लागुऔषधमा परेपछि भारतिय डनहरुसँगको सम्बन्धले उनी फसेका हुन्। उनलाई एके ४७ राईफल राखेको र पछि त्यल्लाई नष्ट गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजाय तोकिएको थियो। लहलहैमा लागेर उक्त काम गरेको उनले स्विकारिसकेका छन्। 
 
दत्तकी श्रीमती मान्यता र बहिनी प्रियाले उनलाई स्वागत गरका थिए। 
 
संजयले अब आफ्नो सबै ध्यान चलचित्रमा लगाउने छन् र उनका फ्यानहरुले राम्रा चलचित्रहरु हेर्न पाउने छन् भन्ने आशा गर्न सकिन्छ 
 
संजय झोला बनाउँथे जेलमा
 
४२ महिने कैद सजाय भुक्तान गरेका बलिउड अभिनेता संजय दत्त पुणेस्थित यरवदा केन्द्रीय कारागारमा बन्दीका रुपमा कैद थिए। सन् १९९३ मा मुम्बईमा भएको एक आतंकवादी हमालको एक मामिलामा दोषी ठहर्‍याईएका संजयलाई कारागारमा कागजको थैली बनाउने प्रशिक्षण दिईएको थियो । उक्त प्रशिक्षण बापत संजयले दैनिक २५ भारु पारिश्रमिक पाउने गर्थे । 
 
संजयलाई ६ देखि ८ किलोग्रामसम्म वजनको सामान उठाउन सक्ने कागजको ‘ब्याग’ बनाउने प्रशिक्षण दिईएको थियो। जस बापत उनले २५ भारु प्रतिदिन प्राप्त गरेका थिए । पछि योग्यता र कार्यगत क्षमताको आधारमा संजयको पारिश्रमिक दैनिक ४० भारुसम्म पुर्‍याईएको थियो। 
 
आरजे संजय
 
संजय दत्तले जेलमा रहँदा रेडियोमा कार्यक्रम पनि चलाएका थिए। उनले आरजे भएर आफ्नो जिवनका तिता-मिठा कुराहरु श्रोताहरुसँग बाँडेका थिए। जेलको आफ्नै रेडियोमा उनले कार्यक्रम बनाउने र चलाउने गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ