arrow

संसर्गले रोगसँग लड्न मद्दत गर्छ !

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार

 एजेन्सी। सेक्सको अर्थ वासना पूरा गर्नु मात्रै होइन वा दुई शरीरको मिलन हुनु मात्रै पनि होइन, यो एक किसिमको कसरत पनि हो । दिनमा एक पटक सेक्स गर्नाले तपाईंको तनावलाई भुलाउन सक्छ । यदी तपाईं विभिन्न तनावले थकित भएको हुनुहुन्छ भने सेक्सले त्यसबाट तपाईंलाई मुक्त गराउन सक्छ । एक अध्ययनमा पाइएको छ कि दैनिक सेक्स गर्नाले शरीरको रोगसँग लड्ने क्षमताको बृद्धि गर्छ ।
 
यदी तपाईंलाई तन्दुरुस्त हुन मन छ र जिम जाने समय छैन भने दैनिक आफ्नो ‘पाटर्नर’सँग सेक्स गर्ने गर्नाले तपाईंलाई तन्दुरुस्त राख्न सक्छ । सेक्सका बखत मानिसको हात, काँध, खुट्टा लगायतका शरीरका विभिन्न अंग र मांशपेशीहरु चलायमान हुने गर्छ । जसले गर्दा मानिसको शरीरको कसरत हुन्छ र तनावबाट छुटकारा मिल्न सक्छ । त्यस्तै तपाई अति नै ब्यस्त हुनुहुन्छ र आफ्नो ‘पाटर्नर’लाई प्रर्याप्त समय दिन भ्याउनु हुन्न भने कम्तिमा राति पाटर्नरसँग अंगालोमा बाँधिएर सुत्नाले पनि तपाईंको सम्बन्ध राम्रो हुन्छ भने त्यसले तपाईंमा स्फूर्ति जाग्न सक्ने जनाइएको छ ।
 
सेक्स गर्नाले मानिसले आफूले आफूलाई ‘जवान’ भएको महशुस गर्छन् । जसले गर्दा व्यक्तिको जिन्दगीमा खुशी आउन सक्छ । त्यसले व्यक्तिको अनुहारमा पनि चमक देखिन्छ । त्यस्तै तपाईं सुत्नुअघि सेक्स गर्नु हुन्छ भने तपाईंलाई राम्रो निन्द्रा लाग्ने पनि समाचारमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ