arrow

आयुष्मान खुरानाको चलचित्र 'बधाई हो' सय करोडको क्लबमा

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
badhai-ho.jpg

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र 'बधाई हो' सय करोडको क्लबमा प्रवेश गरेको छ । 'बधाई हो'  २०१८ मा सय करोडको क्लबमा पुग्ने १० औँ चलचित्र हो । ट्रेड एनेलिस्ट तरण आदर्शले चलचित्रको कमाईको सूची आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेका छन् ।

तरणले भने - 'तेस्रो हप्तामा पनि चलचित्रको कमाई रोकिने देखिदैन । चलचित्र रिलिजको १७ दिनमा सय करोड पार गरेको छ । तेस्रो हप्ताको शुक्रवार चलचित्रले २.३५ करोड कमायो। शनिवार चलचित्रको कमाई ३.५० करोड रह्यो । यसरी चलचित्रको कुल कमाई १००.१० करोड भएको छ ।'

तरणले चलचित्रको कथाबस्तुको पनि प्रशंसा गरेका छन् । तरणले भने 'चलचित्रको सफलता केवल सय करोडबाट हेर्न हुदैन । बधाई हो समेत राजी, स्त्री यस्ता चलचित्र हुन् जसले चलचित्रको कथाबस्तु सफलताको कारक हो भन्ने सावित गरेको छ ।'

चलचित्र शनिबारको कलेक्सनले सय करोडको क्लबमा प्रवेश गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ