arrow

कालिकोट काँग्रेमा अन्तरद्वन्द्व सुरु

logo
पुष्पराज भट्टराई,
प्रकाशित २०७२ फागुन १३ बिहिबार
congress.jpg.jpeg.jpeg
कालिकोट। नेपाली काँग्रेस कालिकोटको भखरै सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट निवाचित पार्टी सभापति हर्षबहादुर बमले काँग्रेस विधान अनुसार मनोन्वयन गर्नु पर्ने जिल्ला सदस्यहरुको मनोन्वयनको प्रक्रिया मनोमानि गरेको आरोपमा बहुमत पक्षका महासमिति सदस्य र जिल्ला सचिव नन्दबहादुर सिंहको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ती प्रकाशित गरी मनपरी निणर्य सच्याउन आग्रह गरिएको छ।
 
पार्टी सचिव नन्दबहादुर सिंह, महासमिति सदस्यहरु मोतराज बम, टेकराज शाही, हिक्मत विष्ट, मानबहादुर रोकाया, दानबहादुर बम, यसोधा शाही, शुसिला बम, र जिल्ला सदस्यहरुमा दमन बहादुर शाही, केशरसिंह बम, मातृका सिंह, पार्वति शाही, निलो तिरुवा, फुलकुमारी चौधरी र पार्टी कार्यालय सचिव भैचन्द्र रोकायालगायतका १५ जनाको हरुताक्षर गरि प्रेस विज्ञप्ती प्रकाशित गरेका हुन।
 
उनिहरुले यहि १० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकमा सभापति बमले समग्र रुपमा सवै क्षेत्रसंग छलफल गरी जिल्ला कार्यसमितिलाई पूर्णता दिने भनि प्रतिवद्धता गरे पनि त्यसको केही दिनपछि मनोमानि ढंगले बहुमत पक्षसंग कुनै किसीमको राय सुझाव सल्लाह नलिएर केही जिल्ला सदस्य एकलौर्टी ढंगले मनोन्वयन गरेकोमा उक्त निर्णय सच्याउन आग्रह गरिएको छ।
 
उनीहरुले बमको उक्त निर्णय पुर्नविचार नगरे आफूले बमलाई असहयोग गर्ने र बैठकमा उपस्थित नहुने  विज्ञप्ती मार्फत जनाएका छन्। उता सभापति बमले भने नेपाली काँग्रेको विधान अनुसार नै जिल्ला कार्य समिति सदस्य मानोनित गरीएको हुदा आफुले कुनैपनि हालतमा निर्णय फिर्ता नलिने बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ