arrow

जनसम्पर्क अष्ट्रेलियाको शुभकामना कार्यक्रम सम्पन्न

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
football-sydney-npcca.jpg

सिड्नी। नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए)ले दशै, तिहार, छट तथा नेपाल सम्वतको उपालक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ३ नेभेम्बर २०१८ शनिबार सिड्नीको ओवन अवस्थित वोब्स पार्कमा बिहान १० बजे देखि मैत्रिपूर्ण फूटवल खेल तथा बार्बिक्यू कार्यक्रम गरको हो।

कार्यक्रममा सहभागिता हुन नेपाल तरुणदलका अध्यक्ष जितजंग बस्नेत नेपाल देखि आएका थिए। कायक्रमका प्रमुख अतिथि बस्नेतले नेपालको बिकस नेपाली कांग्रसबाट मात्र सम्भव रहेको बताए। काम कम कुरा ज्यादा गरेर नेपाली जनतालाई भ्रमित बनाउने बाहेक कम्न्यूष्ट सरकार र पार्टीले केहि गर्न नसक्ने प्रमाणित भएको, नेपालको बिकास र समृद्धिको बाटमा नेपाललाई नेपाली कांग्रेसले मात्र डोर्याउन सक्ने उनले बताए। पार्टी

निर्मलाको हत्या देखि लिएर आज भोली हुने गैरकानुनि कार्य सरकारमा रहेका मन्त्रिहरुकै परिवारबाट भएको र यो पष्टि पनि हुने बताए। उनले प्रवासमा बसेका नेपालीहरुको उदाशिनता लाई नजिकबाटै अनुभब गरेको छु यो उदाशिनतालाई नेपालको राजनीतिले चाडै आशा तर्फ उन्मुत्ति दिनु पर्नेमा उनले जोड दिए। 

कार्यक्रम नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) का अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको थियो। गिरी ले नेपालीहरुको बिशेष चाडपर्वको अवसरमा आयोजीत कार्यक्रममा सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो। उनले देश बिदेशमा बस्ने नेपालीहरु एकआपसमा सद्भाव, मित्रता र एकता कार्यम गर्दै बस्नु पर्छ, बिचार र सिद्धान्तमा मतभेद भए पनि भाईचार रहीरहनु पर्ने आवस्यक भएको बताए। आफू राम्रो छु भनेर मत्र हुँदैन अरुको बारेमा राम्रो सोच्ने र सबैले राम्रो गर्न सक्ने अशल हुने उनले बताए। 

कार्यक्रमका अतिथि नेपाल महिला संघ महासचिब मंजु खाँड, मेचि नगर मेयर बिमल आचार्य, महोत्तरी नेका जिल्ला सदस्य बिनोद बराल ले अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीहरुलाइ दशै तिहारको शुभकामना व्यक्त गरेका थिए। 

संस्थाका बरिष्ठ उपाध्यक्ष शुरेस गुरुङ को शुभकामना मन्तब्य बाट शुभारम्भ गरीएको कार्यक्रममा नेपाली कांग्रेसका नेता स्व। चक्र प्रसाद बास्तोल र ज्ञात अज्ञात सहिद प्रति श्रद्धाञ्जली अर्पण गरीएको थियो। कार्यक्रममा एनआरएनएका मन केसी, गणेश केसी, नन्द गुरुङ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा, लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको व्यवस्थापन उपाध्यक्ष मधुकर गुरुङ, प्रवक्ता रोहित खड्का, पब्लिक अफिसर राजेश केसी लगायतले गरेका थिए भने संचालन सहमाहामन्त्रि सुदिप मुडवारीले गरेका थिए। 

कार्यक्रमको मुख्य आकर्षणमा रहेको मैत्रिपूर्ण खेल अत्यान्तै रोमान्चक भएको थियो। एनपिसीसीए निलो र सेतो समुहमा एनआरएनए र जनसम्पर्कका प्रतिनिधिहरुले खेलमा सहभागिता जनाएका थिए। खेल एनपिसीसीए निलोले जितेको थियो।

खेलमा केशब सापकोटा, राजु अधिकारी, रमेश थापा, भिम बस्नेत, प्रकास खरेल, सुमन बोहोरा, कोमल पाठक, उद्धब भट्ट, भिम सुब्बा, सत्य प्रकाश कंडेल, प्रकास अर्याल, छबि सापकोटा, अर्जुन केसी, निजन चौलागाई, फुर्वा लामा लगायतले सहभागित जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ