arrow

तिहारको चर्चीत गीत ‘दीयो बाली साँझको...’ रिमेक बजारमा (भिडियो)

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
diyo-bali.JPG

काठमाडौं ।‘दीयो बाली साँझको...’ भारतीय गायिका आशा भोसलेले गाएको तिहारको यो गीत नेपाली जनमानसमा परिचित छ । २८ वर्ष अघि गाइएको सो गितलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छिन ।

२०४७ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चिनो’मा समावेश सो गितको शब्द तुलसी घिमिरेले रचना गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रञ्जित गजमेरको छ ।

हाल रिमेक गरिएको गितलाई भने गायिका शर्माका श्रीमान प्रमोद तिमिल्सिनाले संगित दिएका छन । लामो समय देखि भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा यो गीतलाई रिमेक गरेकी हुन ।
 
भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाशा स्टुडियोमा सो गित रेकर्ड गरिएको गायिका शर्माले जानकारी दिइन । गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलका छात्राहरुको अभिनय छ ।

गायिका शर्माले दिपावलीलाई लक्षित गरी गित सार्वजनिक गरिएको बताइन । बाराको पथलैयाका स्थायी बासिन्दा जमुना र उनका श्रीमान प्रमोद विगत एक दशकदेखि मुम्बईको सांगितिक क्षेत्रमा व्यस्त रहँदै आएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ